सिनेमा ‘लभ डायरिज’को घोषणा भएको छ । सिनेमा  ‘लभ डायरिज’ लाई सौरभ चौधरीले निर्देशन गर्ने भएका छ । सिनेमामा नायक सुशिल श्रेष्ठको मुख्य भूमिका रहनेछ । साथमा, सिनेमामा रुविना थापा, विश्वजित रिमाल, विष्णु सापकोटाको मुख्य भूमिका रहनेछ ।

यो सिनेमाका लागि नायक श्रेष्ठले कपाल समेत पालेका छन् । निर्माण टिमले सुशिलको नयाँ लुक्स पनि सार्वजनिक गरेको छ । चलचित्रमा साहिल खान एसोसियट निर्देशकको रुपमा रहनेछन् । चलचित्रमा साहिल र मिलन श्रेष्ठको सम्पादन रहनेछ ।

इइस्टेर इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा विनोद सापकोटाको निर्माण, वीवी ढकालको सह(निर्माण रहनेछ । चुनाव लगतै छायांकनमा जाने लागेको चलचित्रमा संजय लामाको छायांकन, अर्जुन पोखरेल र कविराज गहतराजको कोरियोग्राफी रहनेछ ।